आज:  | Thu, 01, May, 2025

नारी केन्दद्वारा मादल बजाउने सिपमुलक तालिम आजदेखी धादिङवेशीमा सुरु

१८ बैशाख २०८२, बिहीबार १९:५१ मा प्रकाशित ( ४ घण्टा अघि) १३३४ पटक पढिएको
नारी बाटिका


धादिङ, १८ वैशाख ।

नारी केन्द्र आयोजनामा आजदेखी समुहगत चरणवद्ध रुपमा ५ दिने मादल बजाउने सिपमुलक तालिम सूर भएको छ । निलकण्ठ नगरपालिका ३ धादिङवेशीस्थित केन्द्रको नारी सुरक्षा भवनमा आजदेखी संन्चालन भएको तालिममा निलकण्ठ नगरपालिकाभित्रका महिला समुहका प्रतिनिधिहरुको सहभागितामा संन्चालन गरिएको हो ।

यसैगरी केन्द्र अन्तरगतको निलकण्ठ नगरपालिका १०स्थितको महिला पहिचार तथा पर्यटन कृषी सहकारी संस्थाको प्रनिधिनि,नारी विकास सहकारी संस्थाका समिती,कर्मचारी तथा समुदायका महिलाहरु लगायतको सहभागिता रहेको छ ।

लामो समयदेखी जिल्लामा महिलाको आर्थिक,सामाजिक, क्षमता बिकास गराउन स्वरोजगार तथा सिपमुलक कार्यक्रम संन्चालन गरी हिंसा प्रभावित महिलामा काम गर्दै आईरहेको छ ।

केन्द्रले निलकण्ठ नगरपालिकाबिचको सहकार्य तथा नारी विकास सहकारी संस्थाको व्यवस्थापन सहयोगमा बिहिबारदेखी पाँचदिने मादल बजाउने तालिम संन्चालन गरिएको हो ।

केन्द्रका अध्यक्ष चित्र कु.भण्डारीको अध्यक्षतामा जोरवत्ती बाली प्रशिक्षक दिल विश्वकर्माबाट मादलको ध्वनी बजायर सुरु गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस