
नारी वाटिका संवाददाता
धादिङ ७ माघ । बिबियु
पछिल्लो पटक सरकारका मन्त्रीहरुले एकपछी अर्को गर्दै पदबाट राजीनामा दिने लर्को बढेको छ । यसैबिच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पनि पदबाट राजीनामा दिएका छन्।
शिक्षामन्त्री पुनले विगतमा गर्दै आएका आफ्नै अभियानमा काम गर्न उनले मन्त्री पदबाट राजीनामा दिएको बताइएको छ। मन्त्री पुनले राजीनामा दिएको कुरा अर्थमन्त्री रामेश्वर खनालले यसको पुष्टि गरेका हुन्।
यसअघि भौतिक पूर्वाधार, शहरीविकास र ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङ, सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएर रास्वपाबाट टिकट लिइ चुनावी मैदानमा उत्रिएका छन् ।
उनीहरूले रास्वपामा प्रवेश गर्न कै लागी राजीनामा दिएका थिए।












प्रतिक्रिया दिनुहोस