आज:  | Tue, 06, May, 2025

शोमबारदेखि नागढुङ्गा–पिप्लामोड सडक खण्ड १० दिन आंशिक बन्द

२३ बैशाख २०८२, मंगलवार ०६:२७ मा प्रकाशित ( ४ घण्टा अघि) १३०३ पटक पढिएको
नारी बाटिका


धादिङ २३ वैशाख ।

वैशाख २२ गतेदेखी नागढुङ्गा–नौबिसे सडक खण्डअन्तर्गत नागढुङ्गा–पिप्लामोड सडक १० दिनसम्म आंशिक रुपमा बन्द हुने भएको छ ।

उक्त सडक क्षेत्रमा मर्मतका लागि हिजो (सोमवार)देखि वैशाख मसान्तसम्म १० दिन राति ११ देखि बिहान ३ बजेसम्म गाडी चलाउन रोकिने नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले जनाएको हो ।

काठमाण्डौबाट छुटेका गाडीलाई नागढुङ्गा चेकपोस्टमा तथा काठमाण्डौ भित्रिनेलाई खत्रीपौवा पुलमा रोकिने सूचनामा उल्लेख छ । रोकिएका गाडीलाई बिहान ३ बजेपछि मात्रै जान दिइनेछ ।

दिन होस् या रात २४ सै घण्टा गाडीको चाप हने उक्तसडक खण्डमा ४ घण्टासम्म बन्द हुँदा साना तथा मझौला गाडीका लागि वैकल्पिक मार्गको समेत व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

नागढुङ्गा–पिप्लामोड सडक खण्ड बन्द हुने समयमा अर्को साइटको सितापाइला–भीमढुङ्गा–रामकोट–धार्के सडक तथा सामाखुशी–टोखा–गुर्जे भञ्ज्याङ–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस