आज: २०८२ माघ ७, बुधबार | Wed, 21, Jan, 2026

चट्याङ लागेर एक १३ वर्षीय बालकको मृत्यु

२०८२ बैशाख २३, मंगलबार मा प्रकाशित ( ८ महिना अघि) १००१४ पटक पढिएको
नारी बाटिका


उदयपुर २३ वेशाख ।

उदयपुरको कटारीमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। कटारी नगरपालिका –८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सोमबार दिउँसो बाख्रा चराउन गएका ति बालक साँझसम्म घर नफर्किएपछी बेलुकीतिर मात्रै उनको खोजी गर्ने क्रममा ढलिरहेको अवस्थामा फेला परेका हुन्।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईँले घटनाको थप अनुसन्धान हुने बताउनु भएको।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस