आज:  | Wed, 07, May, 2025

चोरीको आरोपमा उत्तर प्रदेशस्थित प्रहरीले गोली चलाउँदा एक नेपाली घाइते

२४ बैशाख २०८२, बुधबार ०६:३३ मा प्रकाशित ( १६ घण्टा अघि) १७९९ पटक पढिएको
नारी बाटिका


काठमाडौं २३ वैशाख ।

भारतको उत्तर प्रदेशमा मोटरसाइकल चोरीको आरोपमा प्रहरीले चलाएको गोली लाग्दा एक नेपाली युवक घाइते भएका छन् ।

भारतीय प्रहरीको गोली लागेर घटनामा तिलक थापा उर्फ टीलु पहाडी भन्ने नेपाली युवक घाइते भएका हुन् । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार, नेपालमा चोरीका मोटरसाइकल बिक्री गर्ने गिरोहमाथि छापा मार्ने क्रममा थापाको खुट्टामा गोली लागेको हो ।

चोरीको आरोप लागेका ति नेपाली युवकमाथी स्वाट र देवाका प्रहरी टोलीले थापासहित दुई भारतीय नागरिक मो साजिद अन्सारी र मो.खुर्शीदलाई नियन्त्रणमा लिएको छ । अहिले घाइते थापाको भारतस्थित उत्तर प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस