
नारी बाटिका
काठमाडौं २७ वैशाख ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव परेको छ। साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी पहाडी भू(भागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सफा रहने तथा केही स्थानमा आंशिक बदली रहेनेछ। आज कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू(भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ ।
आज दिउँसो देशका पहाडी भू(भागमा आंशिक देखि साधारण तया बदली रही बाँकी भू(भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । त्यस्तै पहाडी भू(भागका एक दुई स्थानमा तथा बाँकी भू(भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
हिमाली भू(भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। शनिबार राती देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ ।
आज पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा र हिमाली भू(भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यस्तै लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू(भागका थारैै स्थानमा तथा बाँकी भू(भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै हिमाली भू(भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। यसले दैनिक जन जीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नु हुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।







प्रतिक्रिया दिनुहोस