आज:  | Tue, 01, Jul, 2025

आज भगवान सिद्धार्थ गौतमको जन्म दिन अर्थात २५६९ औँ बुद्धजयन्ती

२९ बैशाख २०८२, सोमबार ०६:३० मा प्रकाशित ( १ महिना अघि) ४२१७ पटक पढिएको
नारी बाटिका


काठमाडौं २९ वैशाख ।

वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्धजयन्ती आज । अनज २५६९ औँ बुद्धजयन्ती विभिन्न कार्यक्रम गरी मनाईँदैछ। विश्वका बौद्ध धर्मावलम्बीले आज नेपाल लगायत बुद्धप्रति श्रद्धा र भक्ति प्रकट गर्दै बुद्धजयन्ती मनाउन लागिएको हो।

इसापूर्व ५६३ अर्थात् २५६८ वर्षअघि वैशाख शुक्ल पूर्णिमाका दिन कपिलवस्तु जिल्लाको लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट भगवान सिद्धार्थ गौतमको जन्म भएको थियो। गौतम वुद्धको उमेर बढ्दै गएपछी मानिसका दुःख देखेर चिन्तित बन्नु हुन्थ्यो। २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि बाहिर निस्किनु भएको थियो।

इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उहाँले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गर्नु भएको थियो। बुद्धत्व प्राप्त भएपछि नै उहाँलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो। दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएको ज्ञान थियो।

सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग उहाँका उपदेश अर्थात ज्ञान हुन् । साथै भगवान गौतम वुद्धले यही ज्ञान मानिसमा बाँड्नु भएको थियो ।

यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुलाई प्रवचन (धर्मदेशना)का माध्यमबाट बाँडुनु भएको थियो। ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उहाँले महापरिनिर्वाण (मृत्यु) प्राप्त गर्नु भएको थियो।

विश्व जगतमा शान्तिका अग्रदूत र एसियाका धार्मिक ताराका रुपमा भगवान् गौतम बुद्ध परिचित हुनुहुन्छ। बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिनु भयो। यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रूप धारण गरेको छ।

बुद्धजयन्तीका अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा दिएको छ। २००८ जेठ ८ गतेदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस