आज:  | Wed, 14, May, 2025

त्रिशुली नदीमा दुई बालिका बेपत्ता,खोजी कार्य जारी

१ जेष्ठ २०८२, बुधबार ०६:३२ मा प्रकाशित ( ८ घण्टा अघि) १५८२ पटक पढिएको
नारी बाटिका


धादिङ- ३१ वैशाख ।

त्रिशूली नदीमा नुहाउने क्रममा दुई बालिकाहरु बेपत्ता भएका छन्। वेपत्ता भएकाहरु नुवाकोटको बेलकोटगढीस्थित नगरपालिकाकी ११ वर्षीया जेनी डंगोल र ११ वर्षीया सदीक्षा बेपत्ता भएका हुन्।

बेलकोटगढी( ७ कचौडे भिर नजिकै त्रिशुली नदीमा मंगलबार साँझ नुहाउन गएका उनीहरू नदी मै बेपत्ता भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले बताउनु भयो।​

बालिकाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक वीरबहादुर तामाङको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन गरिएको छ।

मंगलबार साँझसम्म खोजी गर्दा बालिकाहरु नभेटिएको र आज (बुधबार) बिहानैदेखि उनीहरूको खोजी जारी राख्ने प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस