आज:  | Sun, 15, Jun, 2025

हावाहुरीले प्रतिक्षालयमा ओत लागेका ३ जनाको रुखले च्यापेर मृत्यु

४ जेष्ठ २०८२, शनिबार ०६:२६ मा प्रकाशित ( ४ हफ्ता अघि) २२०२ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३ जेठ ।

हावाहुरीले रुख ढाल्दा ३ जनाको मृत्यु भएको छ। सुक्रबार साँझ नवलपरासीमा २ र कैलालीमा एकजना गरी ३ जनाको मृत्यु भएको हो।

सुक्रबार वर्षासंगै आएको हावाहुरीले पश्चिम नवलपरासीको सुनवल–७ मा ३० वर्षीया मिरा बयम्बु र सोही वडाका ४० वर्षीय दुर्गाबहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए।

दिउँसो पख हावाहुरीसहित आएको वर्षाबाट सुरक्षित हन उनीहरू प्रतिक्षालयमा ओत लागेर बसेको अवस्थामा नजिकैको रुख ढलेपछी उनीलाई रुखले च्यापेको थियो। त्यसैक्रममा प्रतिक्षालयमाथि नै रुख ढलेर टाउकोमा बज्रिएपछि उनीहरुको मृत्यु भएको हो।

रुखले च्यापेर अन्य तीन पनि जना घाइते भएका छन्। घाइतेहरुको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। यस्तै कैलालीमा हावाहुरीका कारण रुख ढल्दा लागेर एक शिक्षकको मृत्यु भएको छ।

त्यसैगरी सुक्रबार विहान चलेको हावाहुरीले रुख ढलेर राष्ट्रिय कलेज सुखडका पूर्वक्याम्पस प्रमुख कर्ण भण्डारीको पनि मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस