आज:  | Sun, 01, Jun, 2025

विना सूचना प्राधिकरणले विद्युत् छाड्दा करेन्ट लागेर एक जनाको मृत्यु

४ जेष्ठ २०८२, शनिबार १६:१२ मा प्रकाशित ( २ हफ्ता अघि) २८५३ पटक पढिएको
नारी बाटिका


काभ्रेपलाञ्चोक ३ जेठ ।

धुलिखेलमा विद्युत्‌को खम्बामा काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत्‌को खम्बामा काम गरिरहेका उनी शनिबार करेन्ट लागेर मृत्यु भएको थियो । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नपा–१२ घारीबथा घर भएको २८ वर्षीय उपेश परियार रहेका छन् ।

नेपाल विद्युत् प्राधिकरण मार्फत प्रशारण ११ हजार भोल्टको हाइटेन्सन लाइनको खम्बामा चढेर परियार काम गरिरहेको अवस्थामा आज बिहान ११ः३० बजे अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले घटनाको अनुसन्धानका लागि कार्यालयबाट प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको कमाण्डमा टोली खटाइएको छन् । उक्त स्थानमा तार जोड्न खम्बामा चढेको समयमा प्राधिकरणले सूचना नै नदिइ विद्युत् लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको जनाइएको छ ।

काभ्रेपलाञ्चोक वितरण केन्द्र बनेपाले शुक्रबार एक सूचना जारी गर्दै शनिबारदेखि त्यसक्षेत्रमा ११ केभी लाइन चार्ज गरिने भएकाले लाइनको वरिपरी गाईवस्तु नछाड्न, विद्युत्‌को खम्बा लगायतका विद्युतीय सामग्री नछुन सार्वजनिक सुचना जारी गरेको थियो । तर विद्युत् कै कामदारको प्राधिकरणको लापरवाहीले मृत्यु भएको हो ।

मृतक परियारको शवलाई खम्बाबाट निकालेर शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस