आज:  | Sun, 01, Jun, 2025

लागू औषध नियन्त्रण तथा सवारी दुर्घटना न्यूनिकरणको लागी अन्तरक्रिया कार्यक्रम

६ जेष्ठ २०८२, सोमबार २०:०४ मा प्रकाशित ( १ हफ्ता अघि) २६३६ पटक पढिएको
नारी बाटिका



नारी वाटिका संवाददाता

धादिङ ५ जेठ ।

जिल्ला प्रशासन कार्यालय धादिङ र जिल्ला प्रहरी कार्यालय धादिङको संयुक्त आयोजनामा लागू औषध नियन्त्रण तथा सवारी दुर्घटना न्यूनिकरण सम्वन्धि अभिमुखीकरण सम्पन्न भएको छ ।

शोमबार धादिङको नीलकण्ठ नगरपालिका वडा न.३ स्थित सिटी हलमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेबाट लागु औषध दुवेशनीको कारण व्यक्ति,परिवार र समाजलाई पार्ने असर,लागु औषध विक्रिी वितरण हुनसक्ने संम्भमवित स्थान,सेवन गर्ने लक्षित वर्ग,यसको नियन्त्रण र कानुनी प्रावधान लगायतको विषयमा सहजीकरण गर्नु भएको हो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख एवं् प्र.उ. दिपेन्द्र शाहीले लागू औषध नियन्त्रण साथै सवारी दुर्घटना न्यूनिकरण तथा आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी प्रस्तुतीकरण गर्नु भएको थियो ।

कार्यक्रममा निलकण्ठ नगरपालिकाका प्रमुख भिम प्र.ढुंगाना,उपप्रमुख दिपक विश्वकर्मा,प्रमुख प्रशासकीय अधिकृत पुरोषतम सुवेदी,यातायात व्यवशायीहरु,संघ संस्थाका प्रमुख एव्ं प्रतिनिधीहरु,पत्रकार,स्थानिय भद्रभलादमी, बुद्धिजिवी समेत गरी ६० जनाको सहभागितामा अन्तरक्रिया तथा सचेतनामुलक प्रस्तुतीकरण र भिडियो सामग्री प्रसारण कार्यक्रम गरिएको थियो ।

यसैगरी जिल्ला प्रशासन कार्यलय धादिङ र जिल्ला प्रहरी कार्यालय धादिङको संयुक्त आयोजनामा लागू औषध नियन्त्रण सम्बन्धी ३ महिने अभियान चलिरहेको छ । यसै क्रममा यस विषयमा समुदायमा सचेतना जगाउनको लागी विभिन्न पालिका तथा प्रभावित क्षेत्रमा कार्यक्रम संन्चालनको लागी योजना तय गरी कार्यक्रम संन्चालन भइरहेको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस