आज: २०८२ श्रावण २१, बुधबार | Wed, 06, Aug, 2025

प्रदेशसभाका चारजना ( प्रदेश सांसद)चढेको कार दुर्घटना

२०८२ जेष्ठ ६, मंगलबार मा प्रकाशित ( २ महिना अघि) २५७४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

विराटनगर ६ जेठ ।

मोरङमा कोशी प्रदेशसभाका चारजना ( प्रदेश सांसद)चढेको कार दुर्घटनामा परेको छ। उक्त कार नेपाल प्रहरीका डीएसपी (प्रहरी नायव उपरीक्षक)ले चलाएको गाडीसंग ठोक्किएर सोमबार दिउँसो दुर्घटनामा परेको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कानेपोखरी गाउँपालिका–७ मा दुईवटा कार एकआपसमा ठोक्किएर दुर्घटनामा परेको थियो । विराटनगरबाट झापातर्फ जाँदै गरेको बा ५ च ३५३० नम्बरको कार र झापाबाट विराटनगर तर्फ आउँदै गरेको बी एई १४०६ नम्बरको कार एकआपसमा ठोक्किएर शोमबार दिउँसो अन्दाजी २ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको र दुवै कारमा सवार सबै सकुशल रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिनु भयो । बी एई १४०६ नम्बरको कारमा कोशीका सांसदहरु मैयाँ श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार रहेका थिए ।

प्रहरीका अनुसार प्रदेशसभाको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने बैठकमा सहभागी हुन विराटनगर आउँदै गरेका प्रदेश सांसद्हरु दुर्घटनामा परेका हुन् ।पाँचथरकी लावती नेपाली कांग्रेस, झापाका धिमाल नेकपा (एमाले) र मोरङकी चाम्लिङ नेकपा (एकीकृत समाजवादी)का समानुपातिक सांसद हुन् ।

प्रहरीका अनुसार बा ५ च ३५३० नम्बरको कार झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले चलाउनु भएको थियो । उनी विराटनगरस्थित घरबाट कार्यक्षेत्र झापा फर्किदै गरेको समयमा दुर्घटना भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस