आज:  | Sun, 01, Jun, 2025

रविको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ जारी आदेश आउन सक्ने सम्भावना

७ जेष्ठ २०८२, मंगलवार १७:५८ मा प्रकाशित ( १ हफ्ता अघि) १६७५ पटक पढिएको
नारी बाटिका


बुटवल ६ जेठ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमाथि आज सुनुवाइ भएको छ ।

मंगलबार सर्वोच्च अदालतमा न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा उक्त रिटमाथि सुनुवाइ भएको हो । सम्भवतः आजै आदेश आउने सक्ने सम्भमवना छ ।

लामिछानेकी पत्नी निकिता पौडेलले उनको तर्फबाट गत ७ वैशाखमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन् । यसअघि पटक–पटक पेसी तोकिएको भएता पनि रिट ‘हेर्न नमिल्ने’ मा राखिँदै आएको थियो ।

बुटवलस्थित उच्च अदालत तुलसीपुर अन्तरगतको इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध रास्वपा सभापति लामिछानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । हाल लामिछाने रुपन्देही कारागारमा रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस