आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा

२०८२ जेष्ठ ६, मंगलबार मा प्रकाशित ( ८ महिना अघि) ६५११ पटक पढिएको
नारी बाटिका


काठमाडौं- ६ जेठ ।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट आज हेर्दाहेर्दैमा राखेको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा आज(मंगलवार) सुनुवाइ भएको थियो। आदेश नभएकाले रिट भोलिका लागि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले बताए।

सहायक प्रवक्ता पाण्डेका अनुसार आज निवेदकका तर्फबाट बहस भएको हो। गत वैशाख ७ गते उनकी पत्नी निकिता पौडेलले लामिछानेका तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

अदालतले यसअघि ६ पटकसम्म ुहेर्न नमिल्नेुमा परेको रिटमा आज सातौं पटकमा सुनुवाइ सुरु भएको थियो। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते पुर्पक्षका लागि लामिछानेलाई थुनामा पठाउन दिएको आदेशविरुद्ध रिवी पत्नी निकिताले सर्वोच्चमा रिट निवेदन दिएकी थिईन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस