
नारी बाटिका
काठमाडौँ -७ जेठ ।
काठमाडौँको पिङ्लास्थानमा आज बस आफै अनियन्त्रित भई दुर्घटना हुँदा ८ वटा सवारीसाधानमा क्षति पुगेको छ।
साथै दुर्घटनामा ३ जना घाइते भएका छन्। गौशालाबाट तिलगंगातर्फ गइरहेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको सार्वजनिक बस काठमाडौँ महानगरपालिका ८ पिङ्लास्थान नजिक सडकमा आफैँ अनियन्त्रित भई दुर्घटना भई अन्य ८ वटा गाडीहरूमासमेत क्षति भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँले जनाए अनुसार दुर्घटनामा बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस, बा ५ ख ७३१ नम्बरको हायस, बा प्र–०१–०२६ च ८५७६ नम्बरको कार, बि एसी ९७७३ नम्बरको कार,
बा १६ च ४४५२ नम्बरको कार, प्र–२–०१–००३ प १००५ नम्बरको मोटरसाइकल, बा ५१ प २२ नम्बरको मोटरसाइकल र बा प्र–०२–०४६ प ४८१९ नम्बरको स्कुटरमा क्षति पुगेको छ ।
उक्त दुर्घटनामा परी घाईते हुनेमा धादिङका राजकुमार श्रेष्ठ, नुवाकोटका विकाश कट्टेल, र खोटाङका शैलेन्द्र राई घाइते भएका हुन्। बस आफै अनियन्त्रित भएर पल्टिएको थियो । बस चालक भने फरार रहेका प्रहरीले जनाएको छ। घटना आज विहान १०ः५५ बजेतिर भएको हो।








प्रतिक्रिया दिनुहोस