आज:  | Sun, 01, Jun, 2025

बस दुर्घटनामा धादिङका राजकुमार श्रेष्ठसहित ३ जना घाइते, ८ सवारीसाधनमा क्षति

८ जेष्ठ २०८२, बुधबार १६:४५ मा प्रकाशित ( १ हफ्ता अघि) २६६७ पटक पढिएको
नारी बाटिका


काठमाडौँ -७ जेठ ।

काठमाडौँको पिङ्लास्थानमा आज बस आफै अनियन्त्रित भई दुर्घटना हुँदा ८ वटा सवारीसाधानमा क्षति पुगेको छ।

साथै दुर्घटनामा ३ जना घाइते भएका छन्। गौशालाबाट तिलगंगातर्फ गइरहेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको सार्वजनिक बस काठमाडौँ महानगरपालिका ८ पिङ्लास्थान नजिक सडकमा आफैँ अनियन्त्रित भई दुर्घटना भई अन्य ८ वटा गाडीहरूमासमेत क्षति भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँले जनाए अनुसार दुर्घटनामा बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस, बा ५ ख ७३१ नम्बरको हायस, बा प्र–०१–०२६ च ८५७६ नम्बरको कार, बि एसी ९७७३ नम्बरको कार,

बा १६ च ४४५२ नम्बरको कार, प्र–२–०१–००३ प १००५ नम्बरको मोटरसाइकल, बा ५१ प २२ नम्बरको मोटरसाइकल र बा प्र–०२–०४६ प ४८१९ नम्बरको स्कुटरमा क्षति पुगेको छ ।

उक्त दुर्घटनामा परी घाईते हुनेमा धादिङका राजकुमार श्रेष्ठ, नुवाकोटका विकाश कट्टेल, र खोटाङका शैलेन्द्र राई घाइते भएका हुन्। बस आफै अनियन्त्रित भएर पल्टिएको थियो । बस चालक भने फरार रहेका प्रहरीले जनाएको छ। घटना आज विहान १०ः५५ बजेतिर भएको हो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस