आज:  | Thu, 22, May, 2025

नाका नागढुङ्गा–नौबिसे सडक जेठ १०देखी १५ दिनसम्म दैनिक साँडे ४ घण्टा बन्द हुंदै

९ जेष्ठ २०८२, बिहीबार १४:११ मा प्रकाशित ( १४ घण्टा अघि) १६४४ पटक पढिएको
नारी बाटिका


  1. नारी वाटिका संवाददाता

धादिङ ८ जेठ ।

देशका लगभग ६५ जिल्लाका सवारीसाधनहरु धादिङ जिल्लाको पृथ्वीराजमार्ग सडकखण्डमा पर्ने मुख्य नाका नागढुङ्गा–नौबिसे क्षेत्रमा दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य गरिने भएको छ ।

काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाण्डौ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक खण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिनु भयो ।

यय खण्डखण्डमा यसअघि पनि रातमा बन्द गरेर काम हुँदै आएको थियो । आयोजनाले नागढुङ्गा–पिपलामोड सडक निर्माणका लागि सडक बन्द गरी निर्माणको कार्य गर्नुपर्ने भएकोले स्थानीय प्रशासनसँगको समन्वयमा सोही अनुसार कार्य गर्न अनुमति दिइएको हो ।

काठमाण्डौका प्रमुख जिल्ला अधिकारी तिवारीले नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले सूचना जारी गर्दै काठमाण्डौबाट छुट्ने गाडी नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाण्डौ तर्फ भित्रने गाडी खानीखोलामा रोकिने उल्लेख गरेको छ ।

साथै उक्त समयमा सवारीसाधन तथा यात्रुहरुको सहजताका लागी उक्त सडकमा काम हुने समयमा धार्के–सितापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी वैकल्पिक सडक प्रयोग गर्न पनि अनुरोध गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस