आज:  | Thu, 22, May, 2025

मेड इन युएसए पेस्तोल र गोलीसहित दुई जना पक्राउ

९ जेष्ठ २०८२, बिहीबार १८:०५ मा प्रकाशित ( ९ घण्टा अघि) ९६२ पटक पढिएको
नारी बाटिका


तनहुँ ८ जेठ ।

बेनिटारबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, गोली १ राउण्ड र म्याग्जिन १ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
र्
बिहीबार दिउसो उनीहरुलाइ आँबुखैरेनी गाउँपालिका(४ बेनिटारबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा नवलपरासी पूर्व गैंडाकोट नगरपालिका(१२ हर्कपुर बस्ने २५ वर्षीय मिलन ढकाल र चितवन माडी नगरपालिका(७ गौरी नगर बस्ने ३२ वर्षीय बिजय तिवारी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीको टोलिले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना.२८ प १५१९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पेस्तोल र गोली फेला पारी मोटरसाइकल चालक तिवारी र पछाडी सवार ढकाललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस