आज:  | Sat, 24, May, 2025

भासिर अवरुद्ध भएको दाउन्ने सडक एकतर्फी सञ्चालनमा आयो

११ जेष्ठ २०८२, शनिबार १३:०९ मा प्रकाशित ( ८ घण्टा अघि) ७४५ पटक पढिएको
नारी बाटिका


नवलपरासी १० जेठ ।

नवलपरासीको दाउन्नेमा भासिएर अवरुद्ध भएको सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । ।।।

शुक्रबार रातिदेखि अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडक केही बेरअघिदेखी एकतर्फी सञ्चालनमा आएको छ ।

बर्दघाट नगरपालिका–४ को खुर्सानी खोला नजिकै सडक भासिएको कारण उक्त सडकखण्डमा यातायात अवरूद्ध भएको थियो। केहि दिन अगाडी मात्रै पिच गरिएको उक्त सडक नेपालमा मनसुन सक्रिय भएसंगै अविरल वर्षा हुन थालेपछी सडकको करिव ८ मिटर भाग भासिएको हो।

आज बिहान ७ बजेबाट भत्किएको उक्त सडकमा मर्मतको काम थालनी भई १० बजेदेखि तत्कालका लागि एकतर्फी सडक सञ्चालनमा ल्याइए को इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक दीपेन्द्र वानियाले जानकारी दिनु भयो ।

उक्त सडक अवरुद्ध हुँदा बर्दघाट र दुम्किबासमा सयौं सवारीहरु रोकिएर बसेका थिए। सडक अवरुद्ध हुँदा सयौंको संख्यामा यात्रुहरु पनि अलपत्रमा परेका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस