आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

बसले मोटरसाइकललाई ठक्कर दिँदा गोरखाका अधिकारीको मृत्यु, दुई घाइते

२०८२ जेष्ठ १०, शनिबार मा प्रकाशित ( ८ महिना अघि) ७६५८ पटक पढिएको
नारी बाटिका


काठमाडौं १० जेठ ।

ललितपुर महानगरपालिका(४ स्थित एकान्तकुनाको (खरिबोटमा बा २ ख ३४८ नम्बरको बसले बा. ७९ प ६५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

शनिबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकल चालक गोरखा घर भइ हाल काठमाडौँको नैकाप बस्ने ३० वर्षीय संजीव अधिकारीको मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका अधिकारीको अल्का अस्पतालमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको हो। साथै दुर्घटनामा अन्य घाइते मध्यकी मोटरसाइकलको पछाडी सवार नम्रता लामिछाने र उनका छोराको सोही अस्पतालमा उपचार भइरहेको छ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस