आज:  | Wed, 28, May, 2025

थाक्रेस्थित पृथ्विराजमार्गमा सडक भासिँदा दुबै तर्फी यातायात अवरुद्ध

१४ जेष्ठ २०८२, मंगलवार १४:५२ मा प्रकाशित ( १ दिन अघि) १७३७ पटक पढिएको
नारी बाटिका


धादिङ -१३ जेठ ।

धादिङको थाक्रे गाउँपालिका ७ सोप्याङ स्थित पृथ्विलोगमार्गमा सडक भासिँदा सडक दुबै तर्फी अवरुद्ध भएको छ ।

मंगलबार दिउँसो कसिव १ बजेतिर सोप्याङ खोलामा नयाँ पुल निमार्णको लागी माटो सफा गर्ने क्रममा पुलको अगाडी पट्टीको सडक अं.२ मिटर लम्बाइ र १।५ मिटर चौडाई मात्रै भासिएकोले विहान ११ बजेसम्म भने बाटो एकतर्फि सुचारु भएको थियो ।

तर त्यसपछी सो सथानमा लगभग सबै जसो भासिएर जोखिम भएकोले अहिले दुवै तर्फको यातायात अवरुद्ध भएको छ ।

उक्त खबर प्राप्त हुनासाथ घटना स्थानमा इलाका प्रहरी कार्यलय खानिखोला।बाट प्र।ना।नि तेज बहादुर खरेलको कमाण्डमा ५ जनाको टोली खटी गएको,उक्त स्थानमा बाटो खुलाउने प्रयास जारी छ ।

तर उक्त पुलको अगाडी पट्टीको माथीको भाग पुरै जसो भासिएकोले तत्कालै सडक खुल्ने सम्भावना नदेखिएको इलाका प्रहरी कार्यलय खानेखोलाका प्र(ना.नि तेज बहादुर खरेलले बताउनु भयो ।

प्र।ना।नि तेज बहादुर खरेलका अनुसार उक्त क्षेत्रमा सडक अवरुद्ध भएको कारण निकै लामो यातायातको जाम भएकोले अहिले वैकल्पिक बाटोबाट सवारीसाधन पठाउने प्रयास भइरहेको बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस