आज:  | Fri, 30, May, 2025

नेपालमा पनि सुत्केरी महिलामा कोभिड-१९ भेटियो

१५ जेष्ठ २०८२, बुधबार ०६:४८ मा प्रकाशित ( २ दिन अघि) १३३४ पटक पढिएको
नारी बाटिका


काठमाडौं -१४ जेठ ।

पछिल्लो समय भारतमा कोभिड १९ फैलिएसॅंगै नेपालको राजधानी काठमाडौँ विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेल अस्पतालमा पनि एक सातादेखि गाइनियो वार्डमा भर्ना भएका गर्भवती तथा सुत्केरी महिलामा कोभिड १९ प्रमाणित भएको छ ।

धुलिखेल अस्पतालका प्रवक्ता तथा स्त्रीरोग विशेषज्ञ डा. सुमनराज ताम्राकारले जाएन अनुसार कोभिड (१९ प्रमाणित भएका बिरामीलाई पहिला जस्तै सुरक्षा अपनाएर माक्स लगाउने, स्यानिटाइजरले हात सफा गर्ने र छुट्टै कोठामा राखी उपचार गरिएको छ । त्यस्तै विरामीको अवस्था अवलोकनका लागी विरामी कोठाको राउण्डमा पनि २ जना मात्र जाने लगायतका सुरक्षा अपनाएको बताइएको छ ।

तर यस वर्षको यो पहिलो सक्रमित भएको र यस कुन भेरियन्ट हो भन्ने भाइरसको प्रमाणित भने भएको छैन । सकेसम्म बिरामी र आफन्तलाई सुरक्षा अपनाउन सल्लाह दिएका छौँ । यसका साथै कोभिड १९ सङ्क्रमितलाई छिटो डिस्चार्ज गरी घरमै सुरक्षा अपनाउन सल्लाह दिएको डा.ताम्राकारले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस