आज:  | Fri, 30, May, 2025

सरोकारवालाको राय,सुझावलाई योजनामा समेटिने गरी सार्वजनिक सुनुवाइ सम्पन्न

१५ जेष्ठ २०८२, बुधबार ०८:०५ मा प्रकाशित ( २ दिन अघि) २२९५ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -१४ जेठ

डिभिजन वन कार्यालय धादिङको आगमी योजनामा सरोकारवालाको राय,सुझावलाई समेटिने गरी सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।

वन योजना कार्यान्वयनका लागि प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो । मंगलबार धादिङवेशीमा आयोजित कार्यक्रममा वन क्षेत्रको दीगो व्यवस्थापन र संरक्षणलाई केन्द्रित गर्दै आवधिक योजना सहितको रणनीतिक योजना कार्यान्वयनका लागि प्रारम्भिक वातावरणीय सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति धादिङका उप प्रमुख कुलमान विश्वकर्माले वातावरणीय मूल्याङ्कनको महत्त्वबारे चर्चा गर्नुहुदै यस क्षेत्रमा कार्य गर्ने सरोकारवालाहरुले विकासका क्रममा वातावरणीय पक्षहरूलाई उपेक्षा गर्न नहुने साथै संघ संस्था,समुदाय, तथा स्थानीयको सहभागिता विना दिगो वन व्यवस्थापन सम्भव नहुने बताउनु भयो ।

डिभिजन वन कार्यालय प्रमुख विष्णु प्रसाद आर्चायले रणनीतिक योजना कार्यान्वयनमा पारदर्शिता र जवाफदेहिताको सुनिश्चिततासहित वातावरणीय सुरक्षा प्रमुख प्राथमिकता हुने बताउनु भयो । साथै, सार्वजनिक सुनुवाइले योजना प्रभावकारी ढंगले अघि बढाउन मार्गदर्शन गर्ने पनि बताउनु भएको छ ।

त्यसैगरी रणनीतिक योजनाले वन क्षेत्र, जैविक विविधता, वातावरणीय सन्तुलन, र स्थानीय समुदायमा पार्ने सम्भावित प्रभाव तथा असरको प्रारम्भिक आँकलन गरी सम्भावित समस्याको समधानमा पुर्व तयारी योजना निर्माण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जिल्ला डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु आचार्यले बताउनु भयो ।

उहाँले यस सार्वजनिक सुनुवाइ मार्फत सरोकारवालाहरूको राय, सुझाव र पृष्ठपोषण संकलन गरी परियोजनालाई अझ उत्तरदायी र समावेशी बनाउने प्रयास गरिएको प्रमुख आचार्यको भनाई छ ।

कार्यक्रममा डिभिजन वन कार्यालयका प्रतिनिधिहरू, उपभोक्ता समूहका सदस्यहरू, स्थानीय तहका प्रतिनिधिहरू, महिला तथा युवाहरू, पत्रकार, तथा सरोकारवाला संघसंस्थाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले प्रस्तुत योजनामा पर्यावरणीय जोखिम न्यूनीकरण, जैविक विविधता संरक्षण, वनजन्य स्रोतको दीगो उपयोग र स्थानीय समुदायको हित सुनिश्चित गर्न सुझावहरू राखेका थिए।

त्यसैगरी सार्वजनिक सुनुवाईमा सहभागीहरूबाट प्राप्त सुझाव र प्रतिकृयाहरूलाई लिखित रूपमा संकलन गरी आगामी प्रतिवेदनमा समावेश गरिने जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस