आज:  | Fri, 30, May, 2025

सम्वन्धविच्छेद भइसकेका श्रीमान्द्वारा पुर्व पत्नी र दुइ छोरीको हत्या

१५ जेष्ठ २०८२, बुधबार ११:०४ मा प्रकाशित ( २ दिन अघि) ३०७० पटक पढिएको
नारी बाटिका


रुपन्देही १४ जेठ ।

रुपन्देहीमा पूर्वश्रीमान्द्वारा श्रीमती र दुई छोरीको हत्या भएको छ। पहिलो श्रीमान्संग डिभोर्स गरेर अर्कैसँग बिहे गरेकी श्रीमती र दुई छोरीलाई श्रीमानले बुधबार बिहान हत्या गरेका हुन्।

हत्या हुनेमा ३३ वर्षीया दीपा बस्याल, छोरी ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया हिमानी बस्यालको हत्या भएको रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताउनु भयो । दीपाका पूर्वश्रीमान बुटवल उपमहानगरपालिका(११ मैत्रीपथमा बस्दै आएका थिए ।

दीपालाई पूर्वश्रीमानले आज बिहानै ४ बजेतिर उनी र उनका छोरीहरूलाई चक्कु तथा हम्मर प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीलाई विहानै घटनाको खबर प्राप्त भएतापनि घटनास्थलमा ७ बजे मात्रै पुगेको थियो। पहरीका अनुसार दीपा आफ्ना दुई छोरी लिएर पूर्वश्रीमानको घरमा पुगेकी थिइन्। उनलाई मंगलबार छोरीसहित पूर्वश्रीमानले आफ्नो घरमा आउन भनेका थिए।

‘दीपा पुर्वश्रीमान्को घरमा किन गएकी थिइन् भन्ने कुरा अनुसन्धान भइरहेको प्रहरी बताएको छ, ,‘ अहिले घटनास्थल सुरक्षित गरेर शवको मुचुल्का उठाउने तयारी भइरहेको छ।’ दीपाका पूर्वश्रीमान् सुजन कोइरालालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।

मृतक महिला पाल्पाको तानसेन नगरपालिका(७ कुनसरे आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत थिइन्। उनले केही वर्षपहिले नै सम्बन्धविच्छेद गरी नवलपरासीका अर्का व्यक्तिसँग बिहे गरेकी हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%५%

प्रतिक्रिया दिनुहोस