आज:  | Sat, 31, May, 2025

‘महिला नै पहिला’ महिलावादी अनुपम अभियान धादिङवेशीमा

१७ जेष्ठ २०८२, शुक्रबार १५:०२ मा प्रकाशित ( १ दिन अघि) ४३४१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ १६ जेठ ।

अब हुने २०८४ को निर्बाचनमा महिला नै पहिला भन्ने मुल नाराका साथ अनुपम नारीवादी अभियान सम्पन्न भएको छ ।

आई जे एफएफ गैरसरकारी महिलावादी एक संन्जालले धादिङमा अनुपम नारीवादी अभियान अन्तरगत सचेतना कार्यक्रम सम्पन्न गरेको हो  । सुक्रबर धादिङवेशीमा सम्पन्न भएको अन्तर्रपार्टी महिलाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको  छ । 

राज्यको संविधानमा ३३ प्रतिशत महिलाको सहभागिता हुनु पर्ने भनिएको छ । तर त्यहाँ गराइएको विभिन्न दलाका महिला सहभागितामा केवल सहभागिताका लागी मात्रै देखिन्छ ।

जुन अर्थैपुर्ण सहभागिता हुन जरुरी छ । मुलुकको तिनै तहका राजनितिक सम्रचनामा महिलाको सहभागिता न्युन रहेको थियो । गत स्थानीय तहको निर्वाचनमा सात सय ५३ मध्ये २५ वटा स्थानीय तहमा मात्रै महिलाले प्रमुख पदको जिम्मेवारी पाएका छ । स्थानीय तहको निर्वाचनमा सात सय ५३ मध्ये २५ वटा स्थानीय तहमा मात्रै महिलाले प्रमुख पदको जिम्मेवारी पाएका छन्।

यो संख्या भनेको कुल निर्वाचित संख्याको ३.३२ प्रतिशत मात्रै हो। त्यसैगरी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ दुई सय २५ जना महिला निर्वाचन मैदानमा उत्रिएका भएता पनि नौजना मात्रै निर्वाचनामा फसल भएका थिए।

यतिबेला सातवटै प्रदेशमा प्रदेश प्रमुख पुरुष छन् भने राष्ट्र सञ्चालनका प्रमुख पद प्रधानमन्त्रीको जिम्मेवारीमा पनि सधैं पुरुषले नै स्थान लिएका छन्। राष्ट्रपति र उपराष्ट्रपति जस्तो सर्वोच्च पदमा पुरुष–महिलाको वैकल्पिक सिट र संसदको उपप्रमुख (माथिल्लो र तल्लो सदन दुवै),

मेयर र उपमेयर जहाँ दुईमध्ये एक महिला हुनुपर्छ भन्ने व्यवस्थालाई कानुनमा छिद्र खोजेर ‘गठबन्धन’ प्रक्रियाबाट र ‘वा’ जस्ता शब्दावली प्रयोगले महिलाको राजनीतिक सहभागितालाई उपेक्षा गरिँदै आएको छ । 

हरेक दलमा जसो महिला नेतृहरु यसरी नै विभेदमा पर्दै आएको परिपेक्षमा यस अभियानले राजनितिमा दख्खल राख्दै आएका तर आफु राजनितिक नेतृत्वको लिएर कार्य गर्न सक्ने सक्षम भएरपनि पार्टीले टिकट नदिएका कुरालाई मध्यनजर गर्दै अन्तर–पुस्ता महिलावादी मञ्चको नेतृत्व तथा अनुपम अभियानको सहकार्यमा आउँदो २०८४ को निर्वाचनमा महिला नै पहिला भन्ने उद्देश्य अनुसार २०८० देखि २०८४ सम्मका लागि अनुपम अभियान सुरु गरिएको आयोजकले बताएको छ । 

खासगरी यो अभियानले न्यायिक समतामूलक समाज निर्माण गर्न टेवा पु¥याउने लक्ष्य लिएको छ, जहाँ महिलाको अर्थपूर्ण सहभागिता रहने छ। राज्यका हरेक निर्णायक तहमा ‘महिला नै पहिला’ भनेर अनुपम यात्रा देशव्यापी अभियान सुरु भएको हो।

महिलावादी मञ्च गठन गरी पूर्व मेची र पश्चिम महाकालीबाट सुरु गरेर हरेक जिल्लामा बस, पैदल, टेम्पु यात्रा गर्दै विभिन्न स्थानीय तहका वडासम्म अभियान अगाडि बढाइएको आयोजकको भनाई छ।

अन्तर–पुस्ता महिलावादी मञ्चको नेतृत्व तथा अनुपम अभियानको सहकार्यमा धादिङमा फोकस नेपालले विभिन्न समय र स्थानमा कार्यक्रम गर्न आर्थिक व्यवस्थापन गर्दै आएको छ। यसैबिच बिहिबार स्थानीय अन्य संघसस्थाहरु,विभिन्न पार्टी महिला भातृ संस्थाहरुको सहकार्यमा अभियान ‘अनुपम यात्रा’ कार्यक्रम गरिएको हो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%३%

प्रतिक्रिया दिनुहोस