आज:  | Sun, 01, Jun, 2025

बिहान देखिको अविरल वर्षाले पूर्व–पश्चिम लोकमार्ग पूर्ण रूपमा अवरुद्ध

१८ जेष्ठ २०८२, शनिबार १४:२१ मा प्रकाशित ( १ दिन अघि) १४५८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

झापा -१७ जेठ ।

आज बिहान देखि परेको अविरल वर्षाले झापाको मेचीनगर नगरपालिका–६ स्थित कालिखोलामा रहेको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

एसियन हाइवे अन्तर्गत निर्माणाधीन अवस्थामा रहेको उक्त डाइभर्सन हालको वर्षासँगै आएको बाढीले बगाएपछी त्यस सडक हुंदै चल्ने सबै सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बाढीले डाइभर्सन र सडकसमेत बगाएपछि वैकल्पिक बाटोको प्रयोग गरेर केही समस्या समाधान गरिएको छ । पश्चिम तर्फ कालिखोला हुँदै शान्तिगाँउ वडा कार्यालय हुँदै काँकरभिट्टा बसपार्कमा आउने वैकल्पिक रूट प्रयोगमा ल्याएको हो । सडक निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाइएको छ ।

विहानै देखी इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाको धेरै स्थानमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अझै थप वर्षा हुने भएकाले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा बाढी आउन सक्ने जनाउँदै आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस