आज:  | Mon, 02, Jun, 2025

२अर्ब ५० करोड घोटला गर्ने डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

१९ जेष्ठ २०८२, आईतवार ११:४७ मा प्रकाशित ( १ दिन अघि) १८६१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

बाँके १८ जेठ ।

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । बाँकेमा केन्द्रीय कार्यालय रहेको उक्त बैंकका संस्थापक अध्यक्ष राय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शनिबार रुपन्देहीको बेलहियाबाट उनलाई पक्राउ गरेको हो ।

राय २०७६ देखि २०७९ सम्म बैंकको सीईओका रुपमा कार्यरत थिए । यो बैंक २०६० सालमा खुलेको थियो । रायले उक्त बैंकको २ अर्ब ५० करोड रुपैयाँ अपचलन गरेको आरोप लागेको छ ।

राय उक्त बैंकको रकम घोटला गरी फरार भएका अवस्थामा सीआईबीले नेपाल–भारत सिमानाबाट पक्राउ गरेको भनेए पनि उनलाई भारतबाटै पक्राउ गरेको स्रोतको भनाइ छ । सीआईबीका अनुसार उनलाई म्याद थपका लागि आज बाँके अदालत लगिँदै छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस