आज:  | Sun, 08, Jun, 2025

धादिङको गलौदीमा सवारी दूर्घटना हुंदा ५ घाईते

२६ जेष्ठ २०८२, आईतवार १६:०३ मा प्रकाशित ( ९ घण्टा अघि) २५७४ पटक पढिएको
नारी बाटिका


 नारीवाटिका सवाददाता

धादिङ -२५ जेठ ।

धादिङको गजुरी गाउँपालिका ५ गलौदीमा माईक्रो दुर्घटना हुंदा ५ जना घाईते भएका छन्। ।

आज दिउँसो अ.सवा २ बजेको समयमा काठमाण्डौं बाट गोरखा तर्फ जाँदै गरेको लमजुङ जिल्ला राईनस गाउँपालिका ६ बस्ने बर्ष ३७ को ज्ञान मान श्रेष्ठले चलाएको बा ३ ख १६३० नं.को माईक्रो आफै अनियन्त्रित भई नालिमा खस्दा जना यात्रु घाईते भएका हुन् ।

उक्त दुर्घटनामा परी घाईतेहरुलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ।गजुरी पठाएको,छ । दुर्घटनाको जानकारी प्राप्तपछी इलाका प्रहरी कार्यलय गजुरीबाट प्र.स.नि. भिम बहादुर खत्रीको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोलि खटि घाईतेको उद्धार गरिएको हो ।

साथै उक्त घटनाको कारण बाटो अबरोध नभएको,सवारी साधन र चालक इलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रणमा, रहेको बताइएको छ ।

घाईतेहरुको विवरण

तनहुँ बन्दिपुर गाउँपालिका ४ बस्ने बर्ष ४६ सुकमाया परियार, तनहुँ आबुखैरेनी १ बस्ने बर्ष १८ की मन्जु परियार, सह चालक जिल्ला तनहुँ भानु नगरपालिका ८ बस्ने बर्ष २५ को कृष्ण परियार,जिल्ला गोरखा पालुङटार नगरपालिका ५ बस्ने बर्ष १७ को सक्षम राजभाट रहेका छन् ।

त्यस्तै घाईते हुनेमा लमजुङ जिल्ला राईनस गाउँपालिका ६ बस्ने बर्ष अ.७० की हरी माया परियार रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रवत्ता एवं् सुचना अधिकारी सुवास हमालले जानकारी दिनु भयो । साथै घटनाको सम्वन्धमा विस्तृत विवरण आउन बाँकी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस