आज:  | Mon, 09, Jun, 2025

यस वर्षपनि७२जिल्लामा फैलियो डेङ्गी, सबैभन्दा धेरै काठमाडौंमा

२७ जेष्ठ २०८२, सोमबार १८:१० मा प्रकाशित ( ६ घण्टा अघि) १०२४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -२६ जेठ ।

देशमा मनसुन लागेसँगै समुदायमा डेङ्गी संक्रमण पनि फैलिन थालेको छ। जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी संक्रमणको जोखिम रहने समयका रुपमा लिएको छ।

स्वास्थ्य मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)को तथ्याङ्क अनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ जना संक्रमित भेटिएका छन् भने नेपालका ७२ जिल्लामा डेङ्गी संक्रमण पुष्टि भइसकेको जनाएको छ। जसमा सबैभन्दा धेरै संक्रमितको सङ्ख्या राजधानीमा भेटिएको हो।

सक्रमण पुष्टी भएकोमध्य काठमाडौंमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० जना संक्रमित भएका छन्। ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेङ्गीलाई शून्यमा नै ल्याउने र डेङ्गी गराउने लामखुट्टे नष्ट पार्न नसकिए पनि नियन्त्रण भने गर्न सकिने बताए।

डेङ्गीको संक्रमण र मृत्युदर घटाउन सकिन्छ। यसका लागि सबै जनाको समन्वय आवश्यक हुन्छ। नागरिक, समुदाय, सरकारी–गैरसरकारी संस्था सबैले हातेमालो गर्नुपर्छ। दाहालले यो वर्ष मनसुन छिट्टै सुरु भएको र मौसमविद्ले पानी धेरै पर्न सक्ने आकलन गरेकाले संक्रमणको सख्या बढ्न सक्ने सम्भावना रहने बताए।

ुसाथै यो वर्ष डेङ्गी संक्रमण बढ्छ वा स्थिर रहन्छ भन्ने आकलन गर्न हामीसित भेक्टरको पर्याप्त तथ्याङ्क छैन। यद्यपि मनसुन केही अघि सुरु भएको र धेरै पानी पर्ने भनिएको हुनाले पानी जम्मा हुने र सञ्चित भएर बस्ने र लामखुट्टेको विकास हुने सम्भावनालाई नकार्न मिल्दैनु, उनको भनाई छ।

दाहालले भने सबैले डेङ्गी नियन्त्रणमा आआफ्नो ठाउँबाट बराबर सहभागिता जनाए तीनै तहले डेङ्गी नियन्त्रण सम्बन्धी आवश्यक कार्यक्रम अघि बढाए डेङ्गी संक्रमण र यसबाट मृत्यु हुने दर पनि कम गर्न सकिन्छ। डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो। डेङ्गीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।

लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग,पानी जम्मा गरी राखिएका ट्याङ्की, ड्रम, गाग्री, बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्ने गर्नु पर्दछ ।

साथै आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानमा फाएिका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, टिका बट्टा, प्लास्टिकजन्य वस्तुहरु तथा पानी जन्म नसक्ने अन्य भाँडा तथा सामग्रीलाई पानी नजम्ने गरी व्यवस्थापन गर्न विज्ञको आग्रह छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस