आज:  | Fri, 13, Jun, 2025

विपद व्यवस्थापनको क्षेत्रमा क्रियाशील गैससहरुसंग समन्वय वैठक

२९ जेष्ठ २०८२, बुधबार २०:२५ मा प्रकाशित ( १ दिन अघि) २८८४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ २८ जेठ ।

धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको अध्यक्षतामा जिल्लामा विपद व्यवस्थापनको क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थासँग समन्वय वैठक सम्पन्न भएको छ ।

उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी घिमिरेले वर्षायामको समय विशेषगरी बाढी पहिरो,आयलागी लगायतका विपतजन्य घटनाको जोखिमबाट नागरिकलाई सचेत गराउने,विपतजन्य जोखिम एरियाको पचिचान तथा पर्व तयारीका विषयमा प्रस्तुत गर्नु भएको थियो ।  

त्यसैगरी उहाँले जिल्लामा विपद् व्यवस्थापनका लागी स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समितिका सदस्यहरु,सरकारी कार्यालय,जिल्लामा क्रियासिल संघरसंस्थाहरु, विषयगत क्षेत्रसँग सम्बन्धित कार्यालयका प्रमुख, पत्रकार लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितामा राहत संकलन गर्न र तत्कालै विपतजन्य घटना घटिहाले उनीहरुको उद्धार गर्न समन्वय गरी अघि बढन योजना बनेको बताउनु भएको छ ।

यसैगरी उक्त बैठकबाट यस जिल्लामा पछिल्लो समय घटेका घटनाको सम्बन्धमा बैठकमा छलफल गरियो। जस अनुसार विगतमा ग्रामिण तथा बजारक्षेत्रमा बर्षाका कारण  कवजे पुलहरुको क्षति पुर्याएको थियो भने पुथ्वीराजमार्ग पहिरोले सो सडक खण्डमा भएको सडक अवरुद्धमा सबै सुरक्षा निकाय तथा सरोकारवाला निकायबीचको आपसी समन्वयमा तत्काल स्रोत साधन परिचालन गरी खुलाउने लगायतका कार्यका बारेमा पनि तयार रहन सरोकारवालाहरुमा समन्वय गर्ने बताउनु भयो । 

विपतजन्य कारणले हुने धन जनको क्षति र घाइते भएका व्यक्तिको शिघ्र तत्काल उद्धार र राहतका लागी पुर्व तयारीका साथै समन्वय गरी अघि बढ्न जिल्लामा क्रियासिल गैरसरकारी संस्थामा भएका आर्थिक प्राविधिक जनशक्तिहरु परिचालन गर्ने सम्वन्धमा प्रमुख जिल्ला अधिकारी घिमिरेले अनरोधसमेत गर्नु भएको छ।

साथै जिल्ला विपत व्यवस्थापन समितिले प्रतिकार्य योजना निर्माण गरी यस क्षेत्रमा पुर्व तयारीका साथ साधन स्रोत जुटाई विपतजन्य जोखिममा सहयोग गर्न सबै निकायलाई निर्देशन दिनु भएको बैठकमा जानकारी दिनु भयो। बैठकमा जिल्लामा विपत व्यवस्थापनको क्षेत्रमा क्रियासिल विभिन्न गैरसरकारी संघसंस्थाहरुका प्रमुख एव् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस