आज:  | Sun, 15, Jun, 2025

अमेरिकामा २ सांसदमाथि घर मै गोली प्रहार गरी हत्या गरियो

१ असार २०८२, आईतवार १४:०९ मा प्रकाशित ( १३ घण्टा अघि) १४८९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

वासिंगटन डिसी ।

अमेरिकाको मिनेसोटाका दुई डेमोक्र्याटिक सांसदलाई उनकै घरमा गोली प्रहार गरी हत्या गरिएको छ ।

उक्त गोली प्रहारबाट हत्या भएका महिला सांसद र उनका श्रीमानको मृत्यु समेत भएको हो । सोही घटनामा अन्य घाइते भएका छन् । पहिलो घटनामा डेमोक्र्याटिक राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कको मृत्यु भएको छ भने दोस्रो घटनामा डेमोक्र्याटिक राज्यका सिनेटर जोन होफम्यान र उनकी श्रीमती इभेटलाई धेरै पटक गोली हानिएको थियो तर उनीहरू दुवै गम्भिर घाइते छन् ।

उनीहरु दुवैको शल्यक्रियापछी डाक्टरहरुले बाँच्ने आशा गरेका छन् । मिनेसोटाका गभर्नर टिम वाल्जले घटनाका सम्बन्धमा भने, ‘दुवै सांसदमाथिको आक्रमण राजनीतिक रूपमा भएको बताएका छन्। मेलिसा एक अद्भुत सार्वजनिक व्यक्तित्व थिइन्, अब उनको ठाउँ कसैले लिन सक्दैन।’

गोली प्रहार गरी आक्रमणकारी अझै फरार रहेको प्रहरीले जनाएको छ । अमेरिकन संन्चारमाध्यमका अनुसार बन्दुकधारी प्रहरी अफिसरको भेष धारण गरेर गोली चलाएका थिए । प्रहरीका अनुसार दुवै सांसदको घर एकअर्काबाट करिब १२ किलोमिटर टाढा च्याम्पलिन र ब्रुकलिन पार्कमा थियो ।

सिनेटर होफम्यान र उनकी श्रीमती, इभेट, च्याम्पलिनमा बस्छन्। होफम्यानमाथी कम्तिमा दुईवटा गोली लागेको थियो र यभेटलाई तीन पटक गोली लागेको प्रहरीले बताएको छ। उनकी छोरी आशा पनि दम्पतीसँगै बस्छिन् । यद्यपी घटनाका बेला उनी घरमा थिइन् वा थिएनन् भन्नेबारेमा केही खुली सकेको छैन ।

मेलिसा होर्टम्यान र उनका पति मार्कलाई ब्रुकलिन पार्क क्षेत्रमा आक्रमण गरिएको थियो। अहिले प्रहरीले पूरै क्षेत्रमा आक्रमणकारीको खोजी सुरु गरिरहेको छ ।

यस घटनापछी कुनै अपरिचित व्यक्तिले ढोका ढकढकाएमा गेट नखोलेर सबैभन्दा पहिले ९११ मा फोन गरेर जानकारी दिन प्रहरीले सुचना जारी गरेको छ । एकजना प्रहरी उपस्थित भएको देखिएमा गेट नखोल्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस