आज:  | Wed, 18, Jun, 2025

भोटेकोशीमा बाढी आउन सक्ने चिनियाँ प्रहरीको चेतावनी

४ असार २०८२, बुधबार १९:५६ मा प्रकाशित ( ४ घण्टा अघि) ९३१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

चौतारा ४ असार ।

सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा बाढी आउन सक्ने चिनियाँ प्रहरीले चेतावनी दिएका छन् । पछिल्लो समयमा नेपाल तथा चिनमा पनि वर्षा बढ्दै गएपछी सिन्धुपाल्चोकस्थित भोटेकोशीमा पानीको वहाव बढ्न सक्ने खतरा देखिएपछी चिनियाँ प्रहरीले सिन्धुपाल्चोक प्रशासनलाई पुर्व सुचना दिएको हो ।

भोटेकोशी नदी भई बग्ने तिब्बत् क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने भन्दै सुरक्षित रहन आग्रह गरेको छ। असार ७ गतेसम्म अत्यधिक वर्षा हुने र बाढी आउन सक्ने सम्भावना रहेकोले चिनियाँ प्रहरीले सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयलाई पुर्व जानकारी दिएको हो ।

यही असार ७ भित्र मै भोटेकोशी नदी भई बग्ने तिब्बत् क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने पुर्व आकलन गरिएको छ। चिनियाँ प्रहरीले जानकारीपछि प्रशासन कार्यालयले त्यस क्षेत्रमा बस्ने स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनु भयो ।

सहायक प्रजिअ नेपालीका अनुसार भोटेकोशी र सुनकोशी नदी आसपास (भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशीरसुनकोशी नदी आसपास) का क्षेत्रमा जोखिम हुनसक्ने पुर्वानुमान गरिएकोछ।

“यही असार ३ गते देखि ७ गतेसम्म छिमेकी राष्ट्र चीनको भोटेकोशी नदी भई बग्ने तिब्बत् क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने सम्भावना रहेको भनी चीनको प्रहरी कार्यालयबाट सूचना प्राप्त भएको छ”, सोही अनुसार प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ “भोटेकोशी र सुनकोशी नदी आसपास (भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिकाका स्थानीयवासीले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यसैगरी त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशीरसुनकोशी नदी आसपास) क्षेत्रमा जोखिम हुनसक्ने भएकोले नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरूमा सतर्कता अपनाउन अनुरोध छ भनी सुचनामा उल्लेख गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस