आज: २०८२ आश्विन १, बुधबार | Wed, 17, Sep, 2025

१० महिनाको गर्भ लिएर सुरक्षित सुत्केरी गराउन हिडेकी रेनुको बाटैमा ज्यान गयो

२०८२ अषाढ ८, आईतबार मा प्रकाशित ( २ महिना अघि) ८७७४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

हेटौँडा- ८ असार ।

दर्दनाक घटना,जो १० महिनाको गर्भ लिएर सुरक्षित सुत्केरी गराउन हिडेकी रेनुको अस्पताल नै पुग्न नपाई बाटैमा निर्दयी दैवले चुँडेर लगेको छ । यो घटना हेटौंडाकी २७ वर्षीया रेनुका कँडेलको एक दर्दनाक र सुन्नै पनि नसकिने अपल्कनीय घटना हो । रेनुलाई चिकित्सकले आइतवार बच्चा जन्माउने मिति दिएका थिए।

सोही कारण उनी सासू मैयाकुमारी र श्रीमान् सरोज पहाडीसहित इभी माइक्रोमा भरतपुर अस्पतालतर्फ हिडेकी थिइन् । हँसिली र किजमसिली स्वभावकी २७ वर्षीया रेनु लाई आफ्नो दोस्रो सन्तान जन्माएर पुनः आमा बन्ने ठूलो धोको थियो। जसका कारण रेनुले पहिलो सन्तान छोरीलाई ससुराको साथमा छाडेर उनी सासू र श्रीमान्‌का साथमा भरतपुर अस्पतालतर्फ हिँडेकी थिइन्।

उनले हेटौँडास्थित स्वास्थ्य संस्था मै आफनो स्वास्थ्य जाँच गराउँदै आएकी थिइन्। सन्तान जन्माउने समय आएकाले उनी परिवारसहित भरतपुर अस्पतामा अझै सुरक्षित र सहज रुपमा बच्चा जन्माउने अपेक्षाको साथ हिँडेकी हुन्।

आफुलाई प्रशव पिडा हल्का हुने र सहज रुपमा बच्चालाई जन्म दिई आफुनो न्यानो काखमा राखेर दोस्रो बच्चालाई च्यापेर घर फकुँला भन्ने रेनुका सपना अधुर रै रहन गयो ।

उनी भरतपुर अस्पतालको आँगन मै टेक्न नपाई अन्दाजी २० किलोमिटर अगाडी भण्डारामा उनीहरू चढेको माइक्रो बस अर्को बससँग ठक्कर खाँदा उनका सासु मैयाँकुमारी,श्रीमान्,गर्भको शिशुसहित उनी गरी तीनैजना सदाका लागि अस्ताएका थिए ।

चितवनस्थित भण्डारामा शनिवार बिहान १०ः१५ बजेको समयमा त्यो कहाली लाग्दो दुर्घटनामा रेनुसहित ७ जनाले ज्यान गुमाएका छन् । धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र.१(००१ ख ३५८३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र.३.०० ज २९९ नम्बरको इभी माइक्रो एक आपसमा ठोक्किँदा अकल्पनीय दुर्घटना भएको थियो। सोही दुर्घटनामा परी २४ जना घाइते भएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस