आज: २०८२ आश्विन १, बुधबार | Wed, 17, Sep, 2025

पृथ्बीराजमार्ग अन्तरगत बेल्खुमा सवारी दुर्घटना हुंदा ३ जना घाइते

२०८२ अषाढ ८, आईतबार मा प्रकाशित ( २ महिना अघि) ५५१९ पटक पढिएको
नारी बाटिका


धादिङ ८ असार ।

धादिङको पृथ्बीराजमार्ग अन्तरगत बेल्खुमा सवारी दुर्घटना हुंदा ३ जना घाइते भएका छन् ।

आईतबार अ.सवा १ बजेको समयमा धादिङको गजुरी गउँपालिका ६ बेलखु स्थित पृथ्बीराजमार्गमा काठमाण्डौबाट चितवन तर्फ जाँदै गरेको ब. ७० प ३२९७ न.को मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको ब.प्र.०२.०३७ प ७६९२ न.को मोटरसाइकल एक आपसमा ठोकिन जादाँ दुबै मोटरसाइकल चालक घाईते भएका हुन् ।

उक्त दुर्घटनामा परी घाईते हुनेमा बा ७० प ३२९७ मोटरसाइकल चालक( तनहुँँ  जिल्लाको बसन्तपुर ३ बस्ने बर्ष ५७ को रामचन्द्र राना भाट र सोही मोटसाइकलको पछाडी सवार ऐ.ऐ ८ शिबपुरी बस्ने बर्ष अ.३५ की राममाया तामाङ रहेका छन् ।

यसैगरी सोही दुर्घटनामा घाईते अर्का मोटसाइकल चालका नुवाकोट ककनि गउँपालिका १ बस्ने बर्ष अ.२५को अमित कुमार बलामी घाईते भई उपचारको लागि आदमघाट अस्पताल पठाईएको, थियो भने दुर्घटनामा गँिम्भर घाइृते रामचन्द्र रानाभाटलाई राष्ट्रीय ट्रमा सेन्टर काठमाडौंमा पठाईएको अस्थाई प्रहरी पोष्ट आदमघाटले जानकारी दिएको छ ।
घटनाको सम्वन्धमा विस्तृत विवरण आउन बाँकी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस