आज:  | Wed, 25, Jun, 2025

बुटवलको योगिकुटीस्थित विद्युत सबटेशनमा आगलागी

११ असार २०८२, बुधबार ०६:३३ मा प्रकाशित ( ९ घण्टा अघि) ६५२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

रूपन्देही -११ असार ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका १० स्थित योगिकुटीमा भएको विद्युत सब–स्टेसनमा आगलागी भएको छ। मंगलबार राती ९ बजेतिर उक्त सब–स्टेसनमा विधुत् सर्ट भएर आगलागी भएको हो ।

आगलागीका कारण बुटवलदेखि पश्चिम क्षेत्र अन्धकार भएको छ। उक्त आगोलागीलाई प्रहरी, बुटवल र तिलोत्तमा नगरपालिकाबाट आएका दमकलले तत्काल नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

नवलपरासीको सुनवलदेखि पश्चिम नेपालको पूरै विद्युत अवरूद्ध भएको विद्युत ग्रीड महाशाखाका इञ्जिनियर सूर्य प्रसाद पाण्डेले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस