आज:  | Wed, 25, Jun, 2025

प्रहरी कार्यलय धादिङको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

११ असार २०८२, बुधबार २०:३१ मा प्रकाशित ( ६ घण्टा अघि) १४५८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -११ असार ।

जिल्ला प्रहरी कार्यलय धादिङको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी कार्यालय धादिङद्धारा हरेक वर्षको रुपमा आयोजना हुने गरेको नागरिक सुनुवाई कार्यक्रम अन्र्तगत चालु आर्थिक बर्षको अन्तिम चरणको नागरिक सुनुवाई कार्यक्रम बुधवार सम्पन्न भएको हो ।

प्रहरी उपरिक्षक दिपेन्द्र शाहीको अध्यक्षतामा भएको नागरिक सुनुवाई कार्यक्रमको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको प्रमुख आतिथ्यमा रहेको थियो । नारी जागरण केन्द्रको सहकार्यमा धादिङ जिल्ला अन्तरगत १३ वटै नगर तथा गाउँपालिकाका निर्वाचित महिला जनप्रतिनिधीहरुको सहभागितामा महिलाका संवेदनसिल सवालमा जिल्ला प्रहरी कार्यलयले दिएका सेवा प्रवाहका विषयमा नागरिक सुनुवाई गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले महिलाका संवेदनसिल सवालमा जिल्ला प्रशासन र प्रहरी कार्यलयबाट प्रदान गरिने न्यायको लागी सचेत रहेको बताउनु भएको छ । त्यस्तै उहाँले नागरिकत्ताका सवाल,स्थानीय तहबाट न्यायिक समिति तथा पालिकाले प्रदान गर्नुपर्ने सेवा प्रवाहका विषयमा संवेदनसिल हिसाबले काम गर्न समन्वय भएको बताउनु भयो ।

कार्यक्रममा उठेका महिला हिंसा तथा घरेलु हिंसाका विषयमा गुनासोहरुको जवाफ दिने क्रममा प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहीले प्रहरीले प्रचार गरेर होइन व्यवहारमा देखिने काम गर्नुपर्ने बताउनु भएको हो । आंफु कसैको भनसुनवाट कहिल्यै प्रभावित नहुने र कोही व्यक्तिलाई आरोप लाग्दैमा अनुसन्धान वेगर कारवाहीका लागि कसैले दवाव दिन नहुने उहांको भनाई थियो ।

पछिल्लो समयमा धादिङ जिल्लामा हुने लैंगिक हिसाको संख्यात्मक रुपमा कम घटेको देखिएकोले सामान्य अवस्थामा रहेको तर कुनै पनि वेला अप्रिय घटना हुन सक्छ भनेर प्रहरी सतर्क रहिरहनु पर्ने भएकाले यस तर्फ सचेत रहेको उपरिक्षक शाहीले जानकारी दिनु भयो ।

कार्यक्रममा प्रहरी नायव उपरिक्षक सुवास हमालले प्रहरीले महिलाका मुद्धा मात्रै नभई जनताका जनधन लगायत समाजको सान्ति सुरक्षाको क्षेत्रमा ठुलो जिम्मेवारी छ । तर पनि समाजमा हुने महिला हिंसा तथा महिलाको सवालमा जि.प्र.का धादिङ संवेदनसिल रुपमा काम गरिरहेको बताउनु भयो । त्यसैगरी जनताको जिउ धनको सुरक्षाको प्रत्याभुति र कानूनको पालनाका लागि समर्पित रहनु पर्ने प्र.ना.उ.हमालले वताउनु भएको छ ।

कार्यक्रममा केन्द्रकी कार्यकारी निर्देशक भगवती उप्रेतीले लैंगिक हिंसा विरुद्धका सवालमा हिंसा प्रभावित महिलाको लागी जिल्ला प्रहरी कार्यलय धादिङले उल्लेखनीय कार्य गरिरहेको बताउनु भएको छ । हिंसामा परेर न्यायको लागी प्रहरीमा आएको निवेदनका आधारमा पिडितले न्याय पाउने गरेको बताउनु भयो । साथै उहाँलै आथिक अवस्थाका कारण उजुरी तथा जाहेरी लेख्ने समेत पैसा नभएका पिडितहरुका लागी प्रहरीले नै निसुल्क जाहेरी समेत लेखिदिने गरेको जानकारी दिनु भयो ।

जिल्लाका दुई नगरपालिका र ११ गाउँपालिकाभित्रबाट २।२ जना महिला जनप्रतिनिधिहरु,कार्यपालिका महिला सदस्य,जिल्ला प्रहरी कार्यलय अन्तरगतका लैंगिक हिंसा नियन्त्रण सेवा केन्दका महिला प्रहरी कर्मचारीहरु,नारी जागरण केन्द्रका सदस्य र कर्मचारीहरु,अधिकारकर्मीको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस