आज:  | Wed, 09, Jul, 2025

प्रशिक्षकद्वारा विद्यालयकी १३ वर्षीया किशोरीको बलात्कार

२५ असार २०८२, बुधबार १४:४७ मा प्रकाशित ( ३ घण्टा अघि) १०८६ पटक पढिएको
नारी बाटिका


धनगढी- २५ असार ।

धनगढीमा तेक्वान्दोको प्रशिक्षक पृथ्वीराज घिमिरेले १३ वर्षीया किशोरीलाई बलात्कार गरेका छन् । निज किशोरीलाई घिमिरेले विद्यालयका कञ्चनपुरको पुनर्वासस्थित दोजाङमा बलात्कार गरेको उजुरी परेको छ।

पीडित परिवारको तर्फबाट असार २० गते इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा जाहेरी परेको हो । बलात्कारपछी घिमिरे फरार रहेका छन् भने बालिकालाई सेफ हाउसमा राखिएको प्रहरीले जनाएको छ।

कञ्चनपुरका प्रहरी नायव उपरिक्षक सागर बोहराका अनुसार फरार रहेका घिमिरेको खोजी कार्य जारी रहेको बताउन भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस