
नारी बाटिका
नारी वाटिका संवाददाता
म्याग्दी २४ असार ।
म्याग्दीको मालिका गाउँपालिका–३, लुक्सीपारमा घाँस काट्न गएका बाबुछोरा पहिरोमा परेर बेपत्ता भएका छन् । आज दिउँसो घर नजिकै पश्चिम म्याग्दीको लुक्सीपारस्थित बारीमा घाँस काट्न एकैघरका बाबुछोरा एक्कासी माथिबाट आएको पहिरोमा परेर वेपत्ता भएका हुन् ।
वेपत्ता हुनेमा ३५ वर्षीय बाबु जगेन्द्र विक र १२ वर्षीय छोरा सरोज विक भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । केही दिनदेखीको अविरल वर्षाका कारण लुक्सीपारमा माथिबाट खसेको पहिरोले पुरिएर दुबैजना बेपत्ता भएको म्याग्दीका प्रहरीले जनाएको छ ।
पहिरोले पुर्याएको क्षति र मानिस वेपत्ता भएको घटनाको विषयमा थप जानकारी आउन बाँकी रहेको छ भने प्रहरीका अनुसार घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक सोमदास ढकालको नेतृत्वमा प्रहरीको टोलीलाई घटनास्थल पठाइएको े छ ।
वेपत्ता भएकाहरूको प्रहरी,स्थानीयवासी र जनप्रतिनिधिले समेत खोजी जारी छ । जल तथा मौसम विज्ञान विभागको म्याग्दीको दरबाङस्थित वर्षा मापन केन्द्रका अनुसार बुधवार बिहान ६ बजेदेखि मालिका गाउँपालिका क्षेत्रमा भारी वर्षा भैरहेको छ ।
त्यस्तै आज दिउँसो २ बजेसम्म मालिका गाउँपालिका ६ दरबाङ क्षेत्रमा १ सय १५ मिली लिटर वर्षा मापन गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस