आज:  | Thu, 10, Jul, 2025

अब उपान्त विमानस्थलभित्र खादा माला प्रयोग गर्न नपाईने

२६ असार २०८२, बिहीबार १७:५८ मा प्रकाशित ( १0 घण्टा अघि) १०८६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -२६ असार ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले विमानस्थल बाहिरिने र भित्रने यात्रुलाई खादा माला लगायत सजावटी वस्तु प्रयोग गर्नमा रोक लगाएको छ । कार्यालयले आज एक निर्देशन जारी गर्दै अध्यागमन क्षेत्रभित्रको सुरक्षा,व्यवस्थापन र सहज एवम् सञ्चालनका लागि नेपालबाट प्रस्थान गर्ने सबै यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरूलाई सो निर्देशन जारी गरेको हो ।

विज्ञेपप्तमा भनिएको छ अध्यागमन क्षेत्र एक संवेदनशील र सुरक्षात्मक क्षेत्र भएकाले कुनै पनि प्रकारको अनावश्यक, अस्वाभाविक गतिविधि वा पहिरन वा पहिचान वा खास संकेत खुल्ने आभूषण वा सोहीसँग जोडिएका सामाग्री खादा, माला, चस्मा, फरक किसिमको टोपी निषेध गरिएको हो ।

अध्यागमनको प्रशासन तथा सुरक्षा व्यवस्थामा पर्न सक्ने असरलाई मध्येनजर गर्दै सबै प्रकारका वस्तु प्रवेशमा निषेध गरेको जनाएको छ । निर्देशनमा भनिएको छ । यसअघि यात्रुहरुले खादा, माला वा सोही प्रकृतिका वस्तुहरू अध्यागमन क्षेत्र वा डेस्क वा काउन्टरमा रहँदा वा अध्यागमन प्रक्रियामा सहभागी हुँदा कुनै पनि प्रकारको खादा, माला, वा यस्तै अन्य सजावटी वस्तुहरूको प्रयोग नगर्नु होला ।

साथै खास वा विशेष संकेत झल्किने पहिरन वा पहिचान झल्कने टोपी वा अन्य वस्तुहरूः कुनै विशेष समूह, संगठन, वा ट्राभल एजेन्सी (म्यान पावर कम्पनीको परिचय वा आबद्धता झल्काउने किसिमका पहिरन, टोपी, ब्याज, वा अन्य कुनै पनि पहिचानजन्य वस्तुहरू अध्यागमन क्षेत्रभित्र प्रयोग गर्न पाइने छैन ।

कुनैपनि यात्रुले उक्त सामानहरु प्रयोग गर्दा विशेष व्यवहार गरिएको भान पर्न सक्ने वा सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्न सक्ने भएकाले सबैलाई समान व्यवहार सुनिश्चितता गर्ने प्रयोजनार्थ यो नियम लागू गरिएको बताइएको छ ।

साथै तोकिएको नियमहरूको पालना गरी अध्यागमन प्रक्रियालाई सहज बनाउन सहयोग गर्न आग्रह गरेको छ । ‘नियमको उल्लंघन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुन सक्ने व्यहोरा समेत जानकारी गराइन्छ–जारी विज्ञप्तिमा जनाइएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस