आज:  | Wed, 16, Jul, 2025

धादिङमा करिव १४३ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

१ श्रावण २०८२, बुधबार १५:५३ मा प्रकाशित ( ६ घण्टा अघि) १७९९ पटक पढिएको
नारी बाटिका


नारी संन्चार संवाददाता
धादिङ -३२ असार

धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ स्थित आँपटारबाट करिब १४३ किलो गाँजासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । निज व्यक्ति भारतको बिहार राज्य अन्तर्गत मोतिहारी जिल्लास्थित रक्सौल नोइपाढीह–४, सहदेवा निवासी ४५ वर्षीय सरहज मियाँ रहेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान इलाका प्रहरी कार्यालय गजुरी र प्रहरी चौकी ताल्तीबाट खटिएको संयुक्त प्रहरी टोलीले कान्द्राङगढीबाट मलेखु तर्फ जाँदै गरेको बिआर ०६ पिसी ११६७ नम्बरको गाडी जाँच गर्ने क्रममा १ सय ४३ किलो ८ सय ४० ग्राम गाँजा (लागु औषध) फेला पारेको थियो ।

पक्राउ परेका व्यक्तिबाट गाँजा (लागु औषध) सहितको गाडी नियन्त्रणमा लिएर चालक मियाँलाई नियन्त्रणमा लिएर घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस