नारी वाटिका संवाददाता
धादिङ -२ साउन ।
धादिङ जिल्ला अदालतले आव २०८१।०८२ मा सबैभन्दा बढी मुद्दा फैसला गरेको ।
अदालतको यस आवमा तिनसय वटा मुद्धा मात्रै लतग सरी आएको हो । यससंगै अब फर्छ्यौट हुन बाँकी तिनसय वटा मौ रहेको जिल्ला अदालत धादिङले जनाएको छ ।
गत वर्षमा अघिल्लो वर्षबाट लगत बाँकी सरेर आएको मध्ये अदालतले ५ सय ८ मुद्दा फर्छ्यौट गरेको हो ।
साथै यस आर्थिक वर्षमा एक हजार १९ मुद्दा दायर भएको थियो । ७ सय १७ मुद्दा फर्छ्यौट गरेको जिल्ला अदालतका श्रस्तेदार माधव भण्डारीले बताउनु भयो ।
यस वर्ष कुल १ हजार ५ सय ५१ मुद्दा लागत रहेकोमा आ(व २०८१।०८२मा १ हजार २ सय २५ मुद्दा फर्छ्यौट भई ३ सय २६ मुद्दा बाँकी रहेको छ । जसमा ७८ दशमलव ९८ प्रतिशत फर्छ्यौट भएको हो ।
त्यस्तै विगत ०७७।७८ मा १ हजार ४ सय ५३ मुद्दा लगत रहेकोमा ४८ दशमलव ०४ प्रतिशत फर्छ्यौट भएको थियो । त्यस्तै ०७८।७९ मा १ हजार ७ सय ६ मुद्दा लगत रहेकोमा ९ सय ६७ थान मुद्दा अर्थात ५६ दशमलव ६८ प्रतिशत मुद्दा फर्छ्यौट भयो । आव ०७९।८० मा १ हजार ६ सय ९९ मुद्दा लगत रहेकोमा १ हजार १३ थान मुद्दा अर्थात ५९ दशमलव ६२ प्रतिशत मुद्दामात्र फर्छ्यौट भयो ।
यसैगरी आव ०८०।८१ मा १ हजार ७ सय ३९ मुद्दा लगात रहेकोमा १ हजार २ सय ७ अर्थात ६९ दशमलव ४१ प्रतिशत मुद्दा फर्छ्यौट भएको थियो भने आ(व २०८१।०८२मा विगत पाँच वर्षको तुलनामा फर्छ्यौट मुद्धाको प्रतिशतमा वृद्धी भएको हो ।
हाल धादिङ जिल्लामा कार्यरत न्यायाधीश गोपाल प्रसाद वास्तोला र मनकुमारी जिएम विक रहेको अदालतले आव ०८१।८२ मा लागु औषधका ३६ थान मुद्दामध्ये २९ थान,जव करणी सम्बन्धी कसुरका ६२ मध्ये ५८ थान, ज्यान सम्बन्धी कसुरका ३५ मध्ये २७ थान, सवारी ज्यान तथा अंगभंग सम्बन्धी ४७ मध्ये ३१ था, चेक अनादरका ७६ मध्ये ५९ थान रहेका छन् ।
यसैगरी सम्बन्ध बिच्छेदसंग सम्वन्धित मुद्धाको ६ सय ५९ मध्ये ५ सय ४७ थान, अंश मानाचामल सम्बन्धी १ सय ४८ मध्ये १ सय १८ थान, र घरेलु हिंसाका ९ मध्ये ४ थान तथा अन्य ४ सय ७९ मध्ये ३ सय ५२ थान मुद्दा फर्छ्यौट भएको छ । १८ महिनादेखि २ वर्ष भित्रका ६ थान मुद्दा रहेको छ भने एक वर्षदेखि १८ महिना भित्रका १८ थानमात्र मुद्दा फर्छ्यौट हुन बाँकी रहेको छ ।
यद्यपि पछिल्लो समयमा धादिङ जिल्ला अदालतमा दर्ता भएका विभिन्न प्रकारका मुद्दाको संख्यामध्ये सबैभन्दा बढी संख्यामा सम्बन्ध बिच्छेदका मुद्दा ४२ दशमलव ४८ प्रतिशत रहेको छ । अन्य मुद्धाका तुलनामा यो संख्या उच्च रहेको पाईएको छ।
प्रतिक्रिया दिनुहोस