आज: २०८३ भाद्र ३१, बुधबार | Wed, 16, Sep, 2026

यात्रुबाहक बस दुर्घटना हुंदा २३ जना घाइते

२०८२ श्रावण ३, शनिबार मा प्रकाशित ( १ साल अघि) १२९२८ पटक पढिएको
नारी बाटिका


नारी संन्चार संवाददाता

काभ्रेपलाञ्चोक -३ साउन ।

काभ्रेको भुम्लु गाउँपालिका–८ पौवास्थित भित्री सडकखण्डमा यात्रुबाहक बस दुर्घटनामा हुँदा २३ यात्रु घाइते भएका छन्।

शनिवार दिउँसो सडकमा गुडी रहेको यात्रुबाहक बस ब्रेक फेल भएर सडक छेउ कै भित्तामा ठोक्किँदा २३ जना सोही बसमा सवार यात्रुहरु घाईते भएका हुन् । यद्यपि ब्रेक फेल भएर बस भित्रामा ठोक्किन पुग्दा यात्रुको ज्यान जोगिएको हो।

रामेछापको डोरखानीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस दुर्घटनामा परेको थियो। घाइतेहरुलाई धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख कोमल शाहले जानकारी दिनु भयो। साथै दुर्घटना बारे विस्तृत विबरण आउ बाँकी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस