आज:  | Wed, 23, Jul, 2025

भेरी नदीमा टिपर खस्दा तीनजना बेपत्ता

८ श्रावण २०८२, बुधबार १५:०० मा प्रकाशित ( ११ घण्टा अघि) १२४१ पटक पढिएको
नारी बाटिका


काठमाडौँ -७ साउन।

भेरी नदीमा टिपर खस्दा तीनजना बेपत्ता भएका छन् । मंगलबार राति जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोट जिल्ला कै रिम्नातर्फ आउँदै गरेको रा १क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको थियो।

उक्त टिपरमा चालकसहित तीनजना सवार रहेको इलाका प्रहरी कार्यालय रिम्नाले जनाएको छ । प्रहरीको अनुसार उनीहरुको अवस्था अज्ञात रहेको बताइएको छ । बेपत्ता भएका हरुको खोजी गर्न रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली तथा तालिम प्राप्त प्राविधिक परिचालन गरिएको छ।

तर भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको र बेपत्ता भएकाहरुको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस