आज: २०८२ श्रावण ९, शुक्रबार | Fri, 25, Jul, 2025

गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै जागिर लगाइदिने बहानामा ठगी गर्ने पक्राउ

२०८२ श्रावण ८, बिहिबार मा प्रकाशित ( १ दिन अघि) १०८६ पटक पढिएको
नारी बाटिका


नारी संन्चार संवाददाता
काठमाडौँ ८ साउन ।

गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै विभिन्न व्यक्तिहरुलाई जागिर लगाइदिने झुठो प्रलोभन देखाई रकम ठगी गर्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा गंगाहरि न्यौपाने रहेका छन् । न्यौपानेले यसरी एक दशकदेखि विभिन्न नक्कली कागजात, फर्जी निर्णय र सरकारी पदको दुरुपयोग गर्दै ठगी गर्दै आएको खुलेको हो।

पक्राउपछी उनले आफू गृह मन्त्रालयको उच्च पदस्थ कर्मचारी भएको केही बेरोजगार व्यक्तिहरुलाई मन्त्रालयमा करार जागिर लगाइदिने आश्वासन देखाई रकम ठगी गर्दै आएको खुलेको हो ।उनीमाथीे नागरिकताको प्रतिलिपि, अन्य आवश्यक कागजात संकलन गरी फर्जी कर्मचारी फारम भराएर लाखौं रुपैयाँ असुलेको उजुरी परेको थियो ।

उनलाई पक्राउपछि अनुसन्धानका क्रममा यसअघिका गम्भीर ठगी तथा किर्ते मुद्दा समेत खुलेको छ ।२०६९ भदौ २६ मा सैनिक अनुसन्धान तथा आचरण सम्बन्धी मुद्दामा विशेष अदालतको नक्कली पत्र तयार गरी कारागार कार्यालयमा बुझाएर एक कैदीलाई छुटाएको प्रहरी प्रतिवेदन ।

त्यस्तै २०७४ वैशाख ८मा भिआइपी कोटामा शान्ति सेनामा पठाइदिन्छु भन्दै एक व्यक्तिबाट चार लाख रुपैयाँ ठगी । २०७४ फागुन ८ मा नख्खु कारागारमा रहेका कैदी छुटाइदिन्छु भन्दै कैदीका आफन्तबाट बाह्र लाख रुपैयाँ असुलेको उजुरी ।

२०७५ जेठ २२ मा जग्गा बिक्री गरिदिन्छु भन्दै लालपुर्जा लिई बिक्री गरी रकम ठगी ।२०७५ भदौ ९ मा नेपाली सेनामा सहायक सेनानी बनाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूलाई प्रलोभन देखाएर ठगी ।

२०७९ मंसिर ७ मा काठमाडौं जिल्ला अदालतको समेत नक्कली फैसला तयार गरी लिखत सम्बन्धी कसूर गरेको भन्ने प्रहरी प्रतिवेदन ।यसरी विभिन्न समयमा पटक पटक किर्ते कागजात,झुठा आश्वासन र ठगीमा संलग्न रहेका गंगा हरि न्यौपानेमाथि ‘पूर्व नियोजित अपराधिक शैलीमा ठगी गर्ने गिरोहको सदस्य’को रुपमा समेत अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार उनीसँग अन्य व्यक्ति तथा निकायको समेत मिलेमतो हुन सक्ने आशंका छ । प्रहरी अनुसन्धान जारी रहेको र ठगी पीडित थप हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनको विस्तृत पहिचान समेको विवरण आउन बाँकी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस