आज: २०८२ श्रावण ११, आईतबार | Sun, 27, Jul, 2025

सुर्खेतमा श्रीमानद्वारा दाउराको चिर्पटले हानी श्रीमतीको हत्या

२०८२ श्रावण ११, आईतबार मा प्रकाशित ( ४ घण्टा अघि) ६२१ पटक पढिएको
नारी बाटिका


नारी संन्चार संवाददाता

सुर्खेत ११ साउन ।

सुर्खेतमा श्रीमानद्वारा दाउराको चिर्पटले हानी श्रीमतीको हत्या भएको छ ।

आईतबार बिहान वीरेन्द्रनगरस्थित –१३, करेखोलामा बस्ने दानसिंह ठाडा मगरले दाउराको चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन्।

४२ वर्षीय ठाडा मगरले ४१ वर्षीय श्रीमती रविना थापाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीको अनुसार हत्या लगत्तै ठाडामगगरले प्रहरीलाई आफैले फोन गरेर ठेगाना सहित पक्राउ गर्न बोलाएका थिए।

घटनाको खबर पाउनासाथ घट्नास्थलमा पुगेर प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढथापाले बताउनु भयो ।

यसअघि प्रहरीलाई फोन गर्नु पूर्व ठाडामगरले प्रहरीको नम्बर माग्न वडाध्यक्षलाई समेत फोन गरेका थिए। जानकारी पाउने बित्तिकै नगर प्रहरी र प्रहरी चौकी करे खोलाबाट टोली घटनास्थलमा पुगेको थियो।

घटनाको कारण हालसम्म खुलिसकेको छैन । थप अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको प्रहरीको भनाई छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस