आज: २०८२ श्रावण १२, सोमबार | Mon, 28, Jul, 2025

माछापोखरीमा महिलाको सिक्री लुट्ने दुई युवक पक्राउ

२०८२ श्रावण ११, आईतबार मा प्रकाशित ( २३ घण्टा अघि) १४८९ पटक पढिएको
नारी बाटिका


नारी संन्चार संवाददाता

काठमाडौं -११ साउन।

बालाजुस्थित माछापोखरीबाट महिलाको सुनको सिक्री लुटपाटमा संलग्न दुई युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा तारकेश्वर नगरपालिका–८ जरङ्खुका २१ वर्षीय कौशल बस्नेत र २६ वर्षीय मिलन तामाङ रहेका छन्।

उनीहरुले शनिबार साँझ माछापोखरीमा एक महिलाको २ तोला २५ लालको सुनको सिक्री लुटेर भागेका थिए । प्रहरीले लुटेरा युवकहरुको खोजी गर्ने क्रममा सोही राति १२ः३२ बजे माछापोखरीबाटै उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूबाट लुटिएको सिक्री र दुई थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिनुु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस