आज: २०८२ श्रावण ३०, शुक्रबार | Fri, 15, Aug, 2025

बस दुर्घटनामा चौध यात्रु घाईते,दुईजनाको अवस्था गम्भिर

२०८२ श्रावण १७, शनिबार मा प्रकाशित ( १ हफ्ता अघि) २३८८ पटक पढिएको
नारी बाटिका


संखुवासभा -१७ साउन ।

संखुवासभा र तेह्रथुमको सिमनामा रहेको टुटे देउरालीमा शनिबार यात्रुबस दुर्घटना हुदा १४ जना यात्रु घाईते भएका छन् ।

आज संखुवासभाको धर्मदेवि नगरपालिका ९ मुलगाउवाट आज विहान झापाको दमक तर्फ जादै गरेको बा २ ख ७२४४ नम्वरको बस दुर्घटनामा परेको हो ।

उक्त दुर्घटनामा घाइते भएका १४ जनाको बसन्तपुरस्थित अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाईते भएकाहरु धर्मदेवि ९ का सविन विष्ट, असविन भारती, हिरा भारती , धर्मदेवि ६ का मनकुमार कटुवाल, श्रीमान तामाङ, सुजन कटुवाल, प्रतिमा तामाङ, सोममाया थायुम रहेका छन् ।

त्यसैगरी धर्मदेवि ७ का बिष्णु कटुवाल, रत्नमाया कटुवाल, भवानी कार्की, धर्मदेवि १ का दलबहादुर कार्र्की, र महालक्ष्मी १ का विमल विक रहेका छन् । दुर्घटनामा परि गंम्भिर घाईते असविन भारती र ज्ञान बहादुर कार्कीलाई थप उपचारको लागी धरानको घोपा क्याप लगिएको प्रहरीले जनाएको छ ।

बस सडकबाट करिब २० मिटर तल खसेको थियो । बस दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस