आज: २०८२ श्रावण ३०, शुक्रबार | Fri, 15, Aug, 2025

हलेसीमा दर्शनार्थी बोकेको गाडी दुर्घटना अपडेट :१ को मृत्यु, १४ जना गम्भीर घाईते

२०८२ श्रावण १९, सोमबार मा प्रकाशित ( १ हफ्ता अघि) २०७८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

खोटाङ -१९ साउन ।

खोटाङको हलेसी महादेव दर्शन गरी सिराहा तर्फ फर्कने क्रममा मध्यपहाडी लोकमार्गमा भएको गाडी दुर्घनामा परी १ जनाको मृत्यु भएको छ भने १४ जना गम्भीर घाईते भएका छन् ।

विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी महादेवको दर्शन गरेर सिरहातर्फ जाँदै गरेको माइक्रोबस खोटाङको कदुवामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा परी १४ जना दर्शनार्थीहरु घाइते भएका हुन्।

सोमबार बिहान अ. ९ बजे जयराम–हलेसी सडकखण्डको डौँठेखोला नजिक मध्यपहाडी लोकमार्गमा प्रदेश २–०१–००१ ज ००५३ नम्बरको माइक्रो बस दुर्घटनामा परेको थियो । उक्त गाडीमा १६ जना यात्रु सवार थिए।

दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको पुष्टी भएको छ भने अन्य १४ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेकाले काठमाडौैको राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ। अन्य ८ जना घाईतेको घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाईतेहरुलाई, सघन उपचार आवश्यक परेकाले महादेवस्थान नगरपालिकाको एम्बुलेन्स मार्फत काठमाडौं पठाइएको बताइएको छ । माइक्रोबस सडकदेखी २०० मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रतीक विष्टका अनुसार, माइक्रोबस दुर्घटनाग्रस्त भएर सडकबाट करिब २०० मिटर तल खसेको हो। दुर्घटना भएको स्थान झाडी र बुट्यानयुक्त भएकाले अझ ठूलो मानवीय क्षति हुन नपाएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

दुर्घटनामा प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा तत्काल उद्धार गरिएको थियो। मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेकाले विस्तृत विवरण संकलनको कार्य भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस