आज: २०८२ श्रावण २५, आईतबार | Sun, 10, Aug, 2025

रवि लामिछानेले बिगो बापतको अदालतमा २ करोड ७४ लाख बुझाए

२०८२ श्रावण २२, बिहिबार मा प्रकाशित ( ३ दिन अघि) २३२६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

रूपन्देही २२ साउन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिगो बापत बैंक जमानत अदालतमा जमानत बुझाएका छन् । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सभापति लामिछानेले आफ्नो भागमा परेको हिस्सा बराबरको बिगो बुझाएका हुन् ।

आफूलाई थुनाबाहिर राखेर मुद्दा चलाउनु पर्ने मागसहित लामिछानेले आज उच्च अदालतमा आफ्नो भागमा परेको बिगो बापतको बैंक जमानत बुझाएका थिए । । सुप्रिम सहकारी ठगीका अभियुक्त ठहरिएका लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पेस गरेका हुन ।

उनले आज बैंक जमानत बुझाएकाले यसपछी अदालतबाट कस्तो आदेश आउँछ ? त्यो भने हेर्न बाँकी नै छ । विस्तृत विवरण आउन बाँकी रहेकोले यस बारेमा निश्चत भएको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस