आज: २०८२ श्रावण २५, आईतबार | Sun, 10, Aug, 2025

स्कुटरमा बसमा ठोक्किँदा सवार दुवैको मृत्यु

२०८२ श्रावण २४, शनिबार मा प्रकाशित ( १ दिन अघि) १३६५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

सुनसरी -२४ साउन ।

सुनसरीको इटहरी उपमहानगरपालिका–२० को इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा आज बस र स्कुटर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

इटहरीबाट धरान तर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर ठक्कर खाई स्कुटर चालक झापा विर्तामोड नगरपालिका–५ का सुजन विक र पछाडि सवार सुरज विक गम्भीर घाइते भएका थिए ।

घाइते दुवैको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दिउँसो १२स्३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।

बस चालक उदयपुरको बेलका नगरपालिका–३ का प्रेम मगरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस