आज: २०८२ श्रावण २५, आईतबार | Sun, 10, Aug, 2025

कैलाली कारागारमा कैदीबीच झडप हुंदा एकको मृत्यु, ४८ घाइते

२०८२ श्रावण २५, आईतबार मा प्रकाशित ( २२ घण्टा अघि) १०८६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धनगढी -२५ साउन ।
कैलाली कारागारमा कैदीबन्दीहरुबीच एकआपसमा विवाद भइ भएको झडपमा एक जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन्। मृतकको पहिचान सार्वजनिक गरिएको छैन।

कारागार प्रशासनका अनुसार मृतकको परिवार र स्थानीय तहसँग समन्वयको प्रयास भए पनि सम्पर्क हुन सकेको छैन। घाइतेमध्ये पाँच जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ भने अन्यको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उक्त कारागारका निमित्त प्रशासक रामकुमार चौधरी का अनुसार कारागारको ए, बी र महिला गरी तीन ब्लक छन्, जसमा ए र बी ब्लकका कैदीबीच झडप भएको थियो। टीकापुरको कर्तव्य ज्यान मुद्धा सम्बन्धीका १८ कैदीलाई स्थानान्तरणको तयारी भइरहेको थियो । यही समयमा उनीहरूबीच विवाद भई झडप भएको हो ।

यस्तै कारागार स्रोतका अनुसार स्थानान्तरणको क्रममा कैदीहरूबीच ‘नाइके–भाइ–नाइके’ बन्ने विषयमा विवाद चर्किदै गएपछी यस्तो घटना भएको हो। यसअघि बिहीबार पनि कैदी स्थानान्तरणको विषयलाई लिएर विवाद हुँदा पाँच जना घाइते भएका थिए।

उक्त कारागारका प्रमुख विदामा रहेका र खरिदार रामकुमार चौधरीलाई निमित्त कारागार प्रमुखको जिम्मेवारी दिएको थियो ।घटनाबारे थप अनुसन्धान भइरहेको कारागार प्रशासनले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस